arrow

पर्यटन बोर्डमा चार वर्षको कार्यकारी खडेरी अन्त्य, जोशी सीइओ

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
deepak_raj_joshi-jpg.jpg.jpeg
काठमाडौं । झन्डै चार वर्षदेखि रिक्त नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारीमा दीपकराज जोशी नियुक्त भएका छन् । पर्यटन बोर्डको सञ्चालक समितिले अन्तिम तीन जना छनोटमा परेकामध्ये दीपकराज जोशी, ज्ञानेन्द्रसिंह महतो र ज्ञानेन्द्र तुलाधरमध्येबाट जोशीलाई सबैभन्दा बढी अङ्कका आधारमा विहिबार नियुक्त गरेको हो । जोशी बोर्डमै वरिष्ठ अधिकृत पदमा कार्यरत थिए ।  
 
लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत पदपूर्तिका लागि सरकारले तीन सदस्यीय सिफारिस उपसमिति गठन गरेको थियो । सो समितिले कार्य्विधिअनुसार शैक्षिक योग्यता, अनुभव र विशिष्ट क्षमताका आधारमा जोशीलाई छनोटका लागि सिफारिस गरेको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवम् पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार थपलियाले बताए । 
 
सीइओबा लागि पदका लागि १८ जनाले आवेदन भरेका थिए भने प्रारम्भिक छनोटमा १२ जना परेका र त्यसमध्ये नौ जनाले परीक्षा दिएको सचिव थपलियाले बताए । नौ जनामध्ये जोशी, महतो र तुलाधर अन्तिम तीन जनाको सूचिमा पर्न सफल भए । 
 
चार वर्षअघि तत्कालिन प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठको अवकाशपछि पर्यटन बोर्ड निमित्त र कायम मुकायम प्रमुखका भरमा चल्दै आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ