arrow

बङ्गलादेशीहरूको औसत आयु  ४.८ वर्षले घट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
who-c.jpg

काठमाडौँ । विश्वको सबैभन्दा प्रदूषित मुलुक बङ्गलादेशमा सूक्ष्म कण वायु प्रदूषण (पिएम२.५) ले बङ्गलादेशीहरूको औसत आयु चार दशमलव आठ वर्षले घटाउने बुधबार सार्वजनिक गरिएको नयाँ विश्वव्यापी प्रतिवेदनले बताएको छ ।

यस प्रदूषणका कारण बङ्गलादेशमा औसत व्यक्ति विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सिफारिस गरेअनुसार हावा सफा भएमा चार दशमलव आठ वर्ष कम बाँच्ने एयर क्वालिटी लाइफ इन्डेक्सले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको युनाइटेड न्यूज अफ बङ्गलादेशले जनाएको छ ।

 बङ्गलादेशका केही क्षेत्र अन्यको तुलनामा धेरै प्रदूिषत छन् । राजधानी ढाका नजिकै गाजीपुर र नरसिङदी जिल्लामा वायु प्रदूषणले छ वर्षभन्दा बढी जीवन घटाइरहेको प्रतिवेदनमा उल्लेख छ ।
 
बार्षिक औसत कण प्रदूषण डब्ल्यूएचओले दिशानिर्देश गरेकोभन्दा धेरै रहेको क्षेत्रमा बङ्गलादेशका सबै १६ करोड ६४ लाख मानिस बस्दछन् । मुलुकको ९६ दशमलव आठ प्रतिशत जनसङ्ख्या ३५ माइक्रोग्राम प्रतिघनमिटरको आफ्नो राष्ट्रिय मानक पूरा नगर्ने क्षेत्रमा बस्ने गरेका छन् । 
 
उत्तरपूर्वी सिलहटको सबैभन्दा कम प्रदूषित जिल्लामा पनि कण प्रदूषण डब्ल्यूएचओ दिशानिर्देशभन्दा छ दशमलव सात गुणा धेरै छ । 


कण प्रदूषणका कारण औसत बङ्गलादेशीको जीवनमा चार दशमलव आठ वर्ष, सुर्ती सेवनले दुई वर्ष र बाल तथा मातृ कुपोषणले एक दशमलव चार वर्ष समय घटाउँछ । 

 सन् २०२२ मा प्रदूषण सन् २०२१ को तुलनामा २२ प्रतिशत कम थियो । 

बङ्गलादेशले डब्ल्यूएचओ दिशानिर्देशहरू पूरा गर्ने हो भने मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला ढाकाका बासिन्दाहरूको आयु पाँच दशमलव छ वर्षले बढ्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ