arrow

संसदमा माओवादी जनयुद्धलाई ‘हिसा’ भनेको भन्दै योगेश भट्टराईमाथि माओवादी आक्रामक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
yogesh-bhattarai-2080-03-24.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा माओवादी जनयुद्धलाई १० वर्षे हिंसा भनेको विषयले माओवादी केन्द्र र एमाले आमने सामने भएका छन् ।

बुधबार संसदमा दुवै दलका सांसदबीच घम्साघम्सी परेपछि अब यो विषय संसद बाहिर पनि चर्किने देखिएको छ । बुधबार योगेशको संसदमा माओवादीप्रति आक्रामक सम्बोधनपछि अहिले माओवादीका नेता तथा कार्यकर्ता उनीमाथि खनिन थालेका छन् । 

यसैक्रममा माओवादी केन्द्रका सांसद राजन दाहालले योगेशलाई ुबैगुनी केटोु भन्दै महान् जनयुद्धको बलामा प्राप्त उपलब्धिहरु उपभोग गर्ने अनि महान जनयुद्धलाई हिंसा भन्ने ? भन्दै प्रश्न गरेका छन् ।

सांसद दाहालले आफ्नो स्ट्याटसमा योगेशलाई नम्बरी ठगसमेत भनेका छन् । दाहालले लेखेको सो स्ट्याटस माओवादी केन्द्रका उपमहासचिव एवं पुर्व अर्थमन्त्री जनार्दन शर्माले समेत फेसबुक मा शेयर गरेका छन् ।

त्यस्तै बिहीबार संसद बैठकमा माओवादी केन्द्रका सांसद छिरिङ डुम्डुल लामाले योगेश भट्टराईले जनयुद्धको समयमा चन्दा असुली र हतियार तस्करी गरेको आरोप लगाएका छन् । 

उनले आफैँ हिंसाको गतिविधिमा संलग्न रहेका योगेशले महान् जनयुद्धलाई हिंसा भनेको भन्दै आपत्ति जनाएका थिए । उनले भने,  ‘जनयुद्धको नाममा चन्दा असुलेर, हतियार तस्कर गर्ने, आफैँ हिंसाको गतिविधि गर्ने नाइकेले महान् जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ