arrow
ADVERTISEMENT

जनयुद्धलाई हिंसा भनेको भन्दै घेरा हालेपछि यसरी योगेशले पोखे आक्रोश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
yogesh-bhattarai-parliament-mp-uml.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वलाई हिंसा भनेपछि घेरामा परेका एमाले सांसद योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । 

उनले माओवादीको जनयुद्धलाई हिंसा भनेको भन्दै बुधबार र बिहीबार घेरामा पारिएपछि बिहीबार अपरान्ह सामाजिक सञ्जालमार्फत निर्दोष मानिसको हत्या गर्ने, अपहरण गर्ने, सुतिरहेका पुलिस र सेनामाथि बम हान्ने जनताको सम्पत्ति लुट्नेले सजिलै उन्मुक्ति नपाउने बताएका छन् । 

उनले कालो माओवादीका नेताहरुको अनुहारमै रहेको भन्दै सिसा फुटाएर उन्मुक्ति नेपाइनेसमेत बताएका छन् । 

यस्तो छ उनको भनाइ–

निर्दोष मानिसको हत्या गर्ने, अपहरण गर्ने 
सुतिरहेका पुलिस र सेनामाथि बम हान्ने 
जनताको संपत्ति लुटने
बैंक लुटेर पैसा र सुन माटोमुनि लुकाऊने 
रक्तचंदनको तस्करी गर्ने 
गिटी बालुवाको तस्करी गर्ने 
तिमिहरुका यी कुकर्मको एक ठाऊँमा मात्र जवाफ देऊ 
तिमिले लगाएको तथ्यहीन, मिथ्या, असत्य र झूट आरोपको हजार ठाऊँमा जवाफ दिन तयार छु । 
तिम्रा धमकी र फरेबले मेरो ईमान डगमगाउने छैन। 
कालो तिम्रो अनुहारमा छ, सिसा फुटाएर उन्मुक्ति पाइने छैन। 
चेतना भया !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ