arrow

चलेन रियाल मड्रिडमा एम्बाप्पेको जादू 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
mbappe-real-madrid.jpg

काठमाडौँ । स्पेनिश ला लिगा फुटबलमा साविक विजेता रियाल मड्रिड बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा रियाल लस पल्मससँग १–१ गोलको बराबरीमा रोकिएको थियो । 

पल्मसले खेलको पाँचौँ मिनेटमा नै अल्बेर्टो मोलेरिओको गोलमा शुरुआती अग्रता लिएको थियो । त्यसपछि खेलको ५९औँ मिनेटमा रियालका भिनिसियस जुनियरले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस सिजनको तेस्रो खेलमा रियाल मड्रिडको यो दोस्रो बराबरी हो । रियाल मड्रिडले यससँगै नयाँ सिजनमा औसत शुरुआत गरेको छ । यसै सिजनदेखि रियाल मड्रिडबाट खेलिरहेका फ्रेन्स सुपरस्टार केलियन एम्बाप्पेले अहिलेसम्म आफ्नो प्रभाव देखाउन नसक्दा रियाल मड्रिड दबाबमा देखिएको छ ।

यो बराबरीपछि रियाल मड्रिडको ३ खेलमा ५ अंक भएको छ भने लस पल्मसको ३ खेलमा २ अंक रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ