arrow

अन्तिम २० सेकेन्ड सम्हालिन नसक्दा पलेशा पेरिस पारालिम्पिकको क्वार्टरफाइनलमा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
palesa-goverdan-paris-paral.jpg

काठमाडौँ । तेक्वान्दो खेलाडी पलेशा गोबर्धन फ्रान्समा जारी पेरिस पारालिम्पिकको क्वार्टरफाइनलमा पराजित भएकी छिन् । 

शुक्रबार भएको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा पलेशा क्वार्टरफाइनलमा ब्रजिलियन खेलाडी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित भएकी हुन् । 

खेलको अन्तिम २० सेकेन्ड बाँकी रहँदासम्म दुई अंकले अघि रहेकी पलेशा अन्तिम २० सेकेन्ड सम्हालिन नसक्दा पराजित हुन पुगिन् । फर्नान्डेसले अन्तिम २० सेकेन्डमा चार अंक जोडेसँगै पलेशा १०–८ ले पराजित हुन पुगिन् । 

उनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्समाथि ३१–० को फराकिलो जित हासिल गरेकी थिइन् । 

पलेशा गत चैतमा पारालिम्पिक्सको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन् । उनी पारालिम्पिक्समा छनोट हुने पहिलो नेपाली खेलाडी पनि बनेकी छिन् । 

उनी एक महिनाको विशेष प्रशिक्षणपछि पेरिस पुगेकी हुन् । पलेसा र भरतसिंह महताले बेलायतको राष्ट्रिय टिमसँग एक महिना लामो प्रशिक्षण लिएका थिए । 

वाइल्ड कार्डमार्फत पेरिस पारालिम्पिक्समा छनोट भएका भरतसिंह महताले के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा प्रतिष्पर्धा गर्नेछन् । ड्रअनुसार उनले पहिलो चरणमा जापानका मित्सुया तानाकासँग खेल्नेछन् । 

यो स्पर्धाम १२ खेलाडी रहेका छन् । यस्तै पौडीका भीमबहादुर कुमालले एस –९ क्याटगरीको पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिष्पर्धा गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ