arrow

तीजको अवसरमा महिला सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १५ शनिबार
krishnaprasad-sitaula-81-5-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका लागि संवाद केन्द्र टक सेन्टरले तीजको उपलक्ष्यमा महिला सम्मान एवं दर खाने कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, संघीय वन तथा वातावरण राज्यमन्त्री रुपा विक, केन्द्रीय सदस्यहरु प्रतिमा गौतम, सीता गुरुङ, धना खतिवडा, नेपाल महिला संघकी अध्यक्ष उषा मिश्र राउत, बाग्लुङ जिल्ला सभापति एवं गण्डकी प्रदेश सांसद जीत बहादुर शेरचन, नेविसंघका पूर्व महामन्त्री बलदेव तिमल्सिना लगायतको उपस्थितिमा पाँच विधाका उत्कृष्ट पाँच महिलालाई सम्मान गरिएको थियो। 

राजनीतिक क्षेत्रबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, कला संस्कृति एवं गायनमा वरिष्ठ गायिका कुन्ती मोक्तान, साहित्यतर्फ साहित्यकार सन्ध्या पहाडी, समाजसेवाबाट आमाविहीनहरुकी आमा जुनु पुन मगर र खेलकुदतर्फ नेपाली महिला क्रिकेट टीमकी राष्ट्रिय कप्तान ईन्दु बर्मालाई सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि सिटौलाले टक सेन्टरले यस पटक तीजको अवसरमा विशेष र महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै देशका निम्ति नाम, किर्ति राख्ने नेपालका गहनाहरुलाई हौसला बढाउन जरूरी रहेको र यो कार्य राजनीतिक दलहरुले पनि आफ्नो कार्ययोजनामा समावश गर्नुपर्ने बताए । 

नेता सिटौलाले महिलाहरूमा सहनशील क्षमता पुरुषमा भन्दा धेर‌ै हुने भएकोले हरेक क्षेत्रमा महिलाहरूको नेतृत्वमा गरेका कार्य सफल भएको बताए ।  उनले सम्मानित सबैलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै आगामी  दिनमा जस्तोसुकै सहयोग गर्नु परे पनि नेपाली कांग्रेस पार्टी तयार रहेको जानकारी दिए ।

कार्यक्रमको विषयवस्तुबारे प्रस्ट पार्दै कांग्रेस युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री बलदेव तिमल्सिनाले टक सेन्टरमार्फत नेपालमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने मुर्धन्य व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा निकै खुशी लागेको र आगामी दिनमा थप वैचारिक गतिविधिसँगै यस्ता प्रकारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्वता जनाए । 

सम्मान समारोहमा नेपाली कांग्रेसका नेताहरु, सांसद, जिल्ला सभापति, नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संघ संस्थाका पदाधिकारी एवं सदस्यहरु र विशेष गरी महिला दिदिबहिनीहरुको ठूलो उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापति  कांग्रेस नेता रत्नहरि ढुङ्गेलले सम्मानित मुर्धन्य व्यक्तित्वहरुको उज्ज्वल भविस्यको शुभकामना दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ