arrow

इङ्गलिश प्रिमियर लिगमा म्यानसिटीको शतप्रतिशत नतिजा कायमै, म्यानयु र लिभरपुल भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
arsenal-24-9-1.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको शतप्रतिशत नतिजा कायमै रहेको छ । तेस्रो खेलमा गएराति वेष्ट ह्याम युनाइटेडलाई उसकै मैदानमा ३–१ ले पराजित गर्यो । 

आर्लिङ हालान्डले ह्याट्रिक गरे । उनले यसअघिको खेलमा पनि ह्याट्रिक गरेका थिए । आर्सनलले ब्राइटनसँग १–१ गोलको बराबरी खेल्यो । त्यस्तै बर्नमाउथले एभर्टनलाई ३–२ ले पराजित गर्यो भने ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३–१ ले हरायो । एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१ ले हरायो । इप्स्विच टाउनले फुल्हमलाई १–१ को बराबरीमा तथा नटिंघम फरेस्टले वुल्भ्ससँग १–१ गोलको बराबरी खेल्यो । 

आजका खेल
आज चेल्सीले साँझ ६ः१५ बजे क्रिस्टल प्यालेससँग तथा न्यूकासल युनाइटेडले टोटनह्याम हट्सपरसँग खेल्नेछ । त्यस्तै यो समूहको सबैभन्दा महत्वपूर्ण र बहुप्रतिक्षित खेलमा राति पौने ९ बजे लिभरपुल र म्यानचेस्टर युनाइटेड खेल्दैछन् । 

अंक तालिका
म्यानसिटी ३ खेलबाट ९ अंकसहित शीर्ष, ब्राइटन र आर्सनल ७ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

लिभरपुल, ब्रेन्टफोर्ड, र एस्टनभिल्ला ६ अंकसहित चौथो, पाँचौँ तथा छैटौँ स्थानमा छन् । 

अंकविहीन एभर्टन पुछारमा छ । 

क्रिस्टल र साउथह्याम्टनले पनि खाता खोलेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ