arrow

डेंगीबाट चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
dengue--ji-ha.jpeg

पोखरा । नेपालमा डेंगी संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका वडा नं. २ का ६३ वर्षीय पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत विमल पटेलले जानकारी दिए ।

योसँगै नेपालमा डेंगी संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४ पुगेको छ ।

पटेलका अनुसार ती पुरुषको चितवन मेडिकल कलेज (सीएमसी) मा उपचारका क्रममा ज्यान गएको हो ।

ती पुरुष उच्च ज्वरो आएर शुक्रबार सीएमसीमा भर्ना भएका थिए ।

भदौ दोस्रो सातासम्म चितवनमा सात सय २७ जना संक्रमितले उपचार गराएका छन् । देशका ७५ जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।

पछिल्ला तथ्यांक अनुसार तनहुँमा सबैभन्दा बढी डेंगी संक्रमित छन् । कास्की दोस्रोमा पर्ने बताएको छ । डेंगी संक्रमणबाट पोखराकी एक महिलाको पनि ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ