arrow

बङ्गलादेशमा डेंगीका ३४६ नयाँ मामिला, चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
dengue-mosquito.jpeg

काठमाडौँ । बङ्गलादेशमा शनिबार बिहानसम्म पछिल्लो २४ घन्टामा डेंगीबाट चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले बताएको छ । योसँगै डेंगीबाट यस वर्ष मृत्यु हुनेको सङख्या ८३ पुगेको छ । 

सन् २०२४ जनवरी जनवरी १ देखि कुल १२ हजार आठ सय ४१ डेंगी मामिलाहरू दर्ता भएको रिपोर्टमा उल्लेख छ । 

गत वर्ष डेंगीका कारण एक हजार सात सय पाँच जनाको ज्यान गएको थियो । डिजिएचएसले गत वर्ष तीन लाख २१ हजार एक सय ७९ डेंगी केसहरू रेकर्ड गरेको थियो ।

जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधि बङ्गलादेशमा डेंगी ज्वरोको मौसम हो । बङ्गलादेशलाई लामखुट्टेबाट हुने रोगको उच्च जोखिममा रहेको देश मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ