arrow

एम्बाप्पेले रियाल मड्रिडमा खोले गोलको खाता, बेटिसविरुद्ध दुई गोल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
mbappe-real-madrid.jpg

काठमाडौँ । स्पेनिश ला लिगा फुटबल अन्तर्गत रियाल मड्रिडले रियाल बेटिसलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा रियाल मड्रिडले रियाल बेटिसलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

रियाल मड्रिडको जितमा दुवै गोल केलियन एम्बाप्पेले गरेका हुन् । उनले खेलको ६७औं र ७५औं मिनेटमा गोल गरेका थिए । 

ला लिगामा एम्बाप्पेको चौथो खेलमा पहिलो पटक गोल गरेका हुन् । उनी यसै सिजन फ्रेन्च क्लब पीएसजी छाडेर रियाल आएका हुन् । 

रियाल मड्रिडको यस सिजनमा यो दोस्रो जित हो । यो जितपछि चार खेलमा रियाल मड्रिडको ८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । 

त्यस्तै रियाल बेटिसको भने ३ खेलमा २ अंक रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ