arrow

जनगणनाका लागि दुई दिने कर्फ्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
iraq-map.png

काठमाडौँ ।  इराकमा २७ वर्षमा मुलुकको पहिलो जनगणनाका लागि नोभेम्बरमा दुई दिने कर्फ्यु लगाउने अधिकारीहरूले आइतबार घोषणा गरेका छन् । 

“जनगणना गर्न इराकका सबै प्रान्तमा नोभेम्बर २० र २१ मा कर्फ्यु लगाइने छ”, प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले एक विज्ञप्तिमा भने । 

दशकौँको द्वन्द्व र हिंसाले ग्रस्त इराकले विशेष गरी विवादास्पद क्षेत्रहरूमा समुदायहरूबिचको तनावका कारण धेरै पटक जनगणनालाई स्थगित गरेको छ ।

पछिल्लो पटक स्वायत्त कुर्दिस्तान क्षेत्र बन्ने तीन उत्तरी प्रान्तलाई छाडेर सन् १००७ मा इराकका १५ प्रान्तमा सामान्य जनगणना भएको थियो । 

छिटपुट हिंसा र राजनीतिक उथल–पुथल भए पनि इराकले हालैका वर्षहरूमा स्थिरताका केही झलक हासिल गरेको छ । हालको अनुमानले आजको जनसङ्ख्या करिब चार करोड ३० लाख राखेको छ ।

अधिकारीहरूले आगामी जनगणनाका लागि संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएनएफपीए) सँग साझेदारी गरेका छन् । 

“इराकलाई सही जनसाङ्ख्यिकीय जानकारी प्रदान गर्न, प्रभावकारी नीति निर्माण गर्न गर्न र समावेशी विकासलाई प्रवर्द्धन गर्न यो पहलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, एजेन्सीले भनेको छ । 

विगतमा इराकमा प्रत्येक १० वर्षमा जनगणना हुने गर्थ्यो । सन् २००७ मा मुलुकमा साम्प्रदायिक हिंसामा फसेको बेला जनगणना हुन सकेन ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ