arrow

म्यानयुमाथि लिभरपुल हावी, चेल्सी र टोटनह्याम निराश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
liverpool-24-9-1.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले म्यानयुलाई उसकै मैदानमा ३–० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा लुइस डियाजले २ तथा मोहमद सलाहले एक एक गोल गरेका थिए ।
 
गएरातिको खेलमा टोटनह्याम हट्सपर र चेल्सी भने निराश भएका छन् । टोटनह्यामलाई न्यूकासल युनाइटेडले २–१ ले पराजित गर्यो भने चेल्सी क्रिष्टल प्यालेससँग घरेलु मैदानमै १–१ गोलको बराबरीमा रोकियो । 

यो नतिजासँगै लिभरपुलले यस सिजनमा लगातार तीन खेलमा जित हासिल गर्दै ९ अंक बनाएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा ९ अंकबाट म्यानचेस्टर सिटी रहेको छ । 

त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यस सिजनमा यो दोस्रो हार हो । यो हारपछि म्यानचेस्टर युनाइटेडको ३ खेलमा ३ अंक रहेको छ र लिगमा १४औँ स्थानमा रहेको छ ।

४–४ अंकसहित चेल्सी र टोटनह्याम दशौँ र ११ औँ स्थानमा छन् । 
      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ