arrow

मुद्रा अपचलनमा आम आदमीका विधायकलाई समात्यो ईडीले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
amantullaha-khan-aap.jpg

काठमाडौँ । भारतको प्रवर्तन निर्देशालय (ईडी) ले मुद्रा अपचलन प्रकरणमा आम आदमी पार्टी (आप) का विधायक अमानतुल्लाह खानलाई पक्राउ गरेको छ । ईडीले दिल्ली वक्फ बोर्ड मनि लाउन्डरिङ प्रकरणमा सोधपुछका लागि नियन्त्रणमा लिएको हो । 

बिहान स्थानीय समयअनुसार ८ः१५ बजे उनको घरमा गएर ईडीले चार घण्टा सोधपुछ गरेको थियो । दिउँसो १२ः१५ बजे ईडीले पक्राउ गरी कार्यालयमा लगेको हो । 

ईडीले उनीमाथि दिल्ली वक्फ बोर्डको अध्यक्ष हुँदा ३२ जनालाई अवैध भर्ती गराएर कोषको गलत उपयोग गरेको आरोप छ । उनले वक्फको सम्पत्ति पनि भाडामा लगाएको आरोप छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ