arrow

इजरायलमा युद्धले निम्त्यायो आम हड्ताल, दोष एकअर्कालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
israel-long-live-24.jpg

तेल अभिभ । गाजाका बन्धकहरूलाई फिर्ता गर्न असफल भएको विरोधमा इजरायलमा आम हडतालको आह्वानले सोमबार यसको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरि बन्द र अवरोधहरू निम्त्याएको छ ।  
 
गाजामा छ जना बन्धक मृत फेला परेपछिको आक्रोशमा दशौँ हजार इजरायली आइतबार सडकमा ओर्लिएका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री बेन्यामिन नेतान्याहूलाई दोष दिँदै युद्धको अन्त्य गर्न हमाससँगको सम्झौतामा उनीहरूलाई जीवित फिर्ता गर्न सकिने धारण व्यक्त गरेका छन् ।  

तर अन्यले हमासमाथि सैन्य दबाब कायम राख्ने नेतान्याहूको रणनीतिलाई समर्थन गर्दछन् । इजरायली ट्रेड युनियन, हिस्टाड्रटले सोमबारका लागि आम हडतालको आह्वान गरेको छ । यसको उद्देश्य बैंकिङ, स्वास्थ्य सेवा र देशको मुख्य विमानस्थललगायत अर्थतन्त्रका प्रमुख क्षेत्रहरू बन्द गर्ने वा अवरोध गर्ने हो ।

बन्द आह्वाहनले इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल बेन–गुरियनमा वायुसेवाहरूले केही समयका लागि उडानहरू रोकेका थिए भने इजरायल विमानस्थल प्राधिकरणका अनुसार आगमन उडानहरू सामान्य रूपमा जारी थिए ।

    हडतालका कारण बैंक, ठूला मल र सरकारी कार्यालयहरू सबै बन्द थिए भने सार्वजनिक यातायात सीमित थियो । तेल अभिभसहित इजरायलको अन्य क्षेत्रका नगरपालिकाले हडतालमा भाग लिइरहेका थिए ।

यद्यपि जेरुसेलमसहितका केही नगरपालिकाले हडतालमा भाग लिएका थिएनन् । हडताल राजनीतिबाट प्रेरित भएको भन्दै राज्यले श्रम अदालतमा हडताल रद्द गर्न अपिल गरेको इजरायली मिडियाले जनाएको छ ।

युद्ध शुरु भएपछिको सबैभन्दा ठूलो प्रदर्शन आइतबार भएको थियो । 

प्रदर्शनका सहभागीहरूले नेतान्याहूले गाजामा बन्दी बनाइएका बन्धकहरूलाई फिर्ता गर्ने सम्झौता गरी हमासलाई यथावत राखी फिर्ता लिनु पर्ने माग गरेका छन् ।
 
नेतान्याहूले हमासमाथि “पूर्ण विजय“ को वाचासहित वार्ताको असफलताका लागि हमासलाई दोष दिएका छन् । इजरायली सेनाले सुरङ्गमा पुग्नुभन्दा अघि नै हमासले बन्धकहरूलाई मारेको इजरायलले जनाएको छ । 

नेतान्याहूले हमासलाई दोष दिँदै जसले बन्धकहरूको हत्या गर्छ उसले सम्झौता नचाहने बताएका छन् । हमासले इजरायल र अमेरिकामा उनीहरूको मृत्युलाई दोष दिँदै गाजाका दुई रणनीतिक करिडोरमा स्थायी इजरायली नियन्त्रणसहित नयाँ मागहरू जारी गरेर वार्ता बिथोलेको आरोप लगायो । 

हमासले युद्धको अन्त्य, इजरायली सेनाको पूर्ण फिर्ती र उच्च–प्रोफाइल उग्रवादीसहित ठूलो सङ्ख्यामा प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा बन्धकलाई रिहा गर्ने प्रस्ताव गरेको छ ।

आइतबार मृतृ फेला परेका छ जना बन्धकमध्ये एक इजरायली–अमेरिकी हर्श गोल्डबर्ग–पोलिन, बर्कले, क्यालिफोर्नियाका मूल निवासी थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबारको घटनापछि आफू ‘निराश र आक्रोशित’ भएको बताएका थिए । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ