arrow

हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी, उपत्यकामा छ सय ८० सङ्क्रमित, ७५ लाई हैजा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
dengue--ji-ha.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । देशभरि डेंगीका बिरामीको सङ्ख्या छ हजारभन्दा  बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी रोगको सङ्क्रमण देखिएको छ । 

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार छ हजार तीन सय ४७ जनामा डेंगी रोगको सङ्क्रमण देखिएको छ । यस्तै तीन जना डेंगी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ । 

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि मानिसलाई टोक्यो भने डेंगी रोग लाग्दछ । 

गण्डकी प्रदेशमा सबभन्दा बढी

डेंगी सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ देखिएको छ । कोशी प्रदेशमा सात सय ९१ जना, मधेसमा सय जना, बागमतीमा एक हजार छ सय २३ जना, लुम्बिनी चार सय ४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जना सङ्क्रमण देखिएको छन् । 

उपत्यकामा छ सय ८० 

काठमाडौँ उपत्यकामा छ सय ८० जनामा डेंगी सङ्क्रमण देखिएको छ ।  जिल्लामा पाँच सय ११, भक्तपुर ६९ र ललितपुर सय जनामा डेंगी सङ्क्रमण देखिएको छ । 

वर्षाका बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको सङ्क्रमण बढेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेंगी रोगका बिरामीका उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । 

हैजा ७५ जनामा 

यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ७५ जना पुगेका छन् ।  महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालका अनुसार ललितपुरमा ५० काठमाडौँमा १० जना, कैलालीमा आठ जना, प्यूठान दुई, मकवानपुर एक र रोल्पामा चार जनामा हैजा पुष्टि भएको छ । 

हैजा अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ