arrow

गुप्त तीर्थको प्रवर्द्धनका लागि कोटीहोम गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
pokhara-2.jpg

गण्डकी । प्राचीन कालदेखि गुप्त तीर्थका रुपमा रहेको पोखरा महानगरपालिका–१५ स्थित अन्नपूर्णेश्वर शिवालय मन्दिरसहित धार्मिक पर्यटकीय स्थल ढुुङ्गेसाँघुुको प्रवर्द्धनको उद्देश्यका साथ कोटीहोम गरिने भएको छ ।

आगामी मङ्सिर १७ गतेदेखि २७ गतेसम्म कोटीहोम गर्न लागिएको आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक मदन गिरीले जानकारी दिए । यस क्षेत्रमा वस्ती विकास हुँदादेखि नै पूजाआजा हुँदै आएको प्राचीन शिला रहेको स्थानमा रु १८ लाख लागतमा मन्दिर निर्माण गरिएको र कोटीहोमकै क्रममा मन्दिरको उद्घाटनसँगै प्राण प्रतिष्ठा लगायतका कार्यहरू गरिने उनले बताए ।

उनका अनुुसार उक्त अवसरमा लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटी होम, कोटी द्वीप प्रज्वलन, पितृ उद्धार आदि गरिनेछ । तीन दशकपछि पोखरामा कोटी होम हुन लागेको बताउँदै उनले हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्नामा पोखरा–१५ स्थित गण्डकी रिभर साइड युवा क्लब सक्रिय भएको बताए ।

कोटीहोम शास्त्रसम्मत रुपमा नै गरिने जानकारी गराउँदै उनले हुने र सक्नेले सहयोग गर्ने र नसक्नेले निःशुल्क रुपमा सहभागी हुने बताए । कोटीहोमकै क्रममा निःशुल्क ब्रतबन्ध तथा धनको अभाव वा सन्तान नभएका ८४ वर्ष पुगेका वृद्धवृद्धाका लागि पूजा लगाउने व्यवस्था गरिने उनले जानकारी दिए ।

रिभर साइड युवा क्लबका अध्यक्ष नारायण भण्डारीले पुरानो धार्मिक इतिहासलाई जीवन्त पार्न कोटीहोमको आयोजना गर्न लागेको बताए । प्राचीन कालमा शिलालाई पूजाआजा गर्दै आइएकोमा अहिले त्यही स्थानमा मन्दिर निर्माणको कार्य भइरहेको उनको भनाइ छ । यो तीर्थस्थल पितृ र देउतालाई पुज्ने एकै थलो भएकाले यसको महत्त्व छुट्टै भएको उनले बताए ।

अर्का स्थानीय अर्जुन ढकालले ढुङ्गेसाँघु प्राचीन महत्त्वको धार्मिक क्षेत्र भएपनि प्रचारप्रसारको अभावमा पछि परेको बताउँदै यसको महत्त्वलाई जीवन्त राख्न कोटीहोम गर्न लागिएको जानकारी दिए । यो क्षेत्रको तीन सय वर्षभन्दा बढी देखिको इतिहास रहेको छ । कोटीहोम महायज्ञमा प्रमुख बाचकको रुपमा जयश्री राधे गुरु तथा मन्दिर संरक्षक शोभाकान्त ढकाल रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ