arrow

अञ्जिलाको फड्को, युरोपियन लिगमा आबद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
anjila-goalkeeper.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा युरोपियन लिग खेल्ने भएकी छिन् ।

सुब्बाले ग्रीसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्न लागेकी हुन् । उनले क्लबसँग एक वर्षको सम्झौता गरेकी छिन् ।  ग्रीसको महिला सुपर लिगको नयाँ सिजन सेप्टेम्बर २९ बाट शुरु हुँदैछ । उनले यसअघि भारत र पाकिस्तानमा लिग खेलिसकेकी छिन् ।

यो सँगै युरोपमा व्यवसायिक फुटबल खेल्ने सुब्बा दोस्रो खेलाडी बनेकी छन् । राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा गत वर्षदेखि फ्रान्सको शीर्ष डिभिजनको क्लब ग्वेङगाम्पबाट खेल्दैछिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ