arrow

वीर अस्पतालले उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग गर्‍यो सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
bir-hospital-aabiskar-kendr.jpg

काठमाडौँ । वीर अस्पतालले बिग्रिएका उपकरणको मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ ।  गत भदौ ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रसँग संघीय अस्पतालहरुका बिग्रिएका उपकरणको अवस्था पहिचान र मर्मतका लागि केन्द्रसँग सम्झौता गरेको थियो । 

सोही सम्झौता अन्तर्गत वीरले केन्द्रसँग सम्झौता गरेको हो । सार्वजनिक खरिद ऐन अन्तर्गत गरिएको सम्झौताअन्तर्गत पहिलो चरणमा केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकहरुले अस्पतालमा रहेका बिग्रिएका उपकरणको अवस्था अध्ययन गरेर मर्मत गर्न सकिने र नसकिने छुट्याउने छन् । 

त्यसपछि अस्पतालले उपलब्ध गराएका मर्मत सामग्रीको प्रयोग गरी दोस्रो चरणमा बिग्रिएका उपकरणको मर्मत हुनेछ । अस्पतालका बिग्रिएका उपकरणको सदुपयोग हुने र अर्कोतिर स्वदेशी स्रोत,साधन र जनशक्तिको उपयोग हुने उद्देश्यका साथ मन्त्री पौडेलले केन्द्रलाई मर्मतमा सघाउन आग्रह गरेका थिए । 

उनले कम खर्चमै स्वदेशी सीपको माध्यमबाट केन्द्रमार्फत स्वास्थ्य उपकरणको मर्मतमा सहयोग हुने विश्वास गरेका थिए । केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलपछि मन्त्रालयगत सम्झौता भएकामा अब अस्पतालहरुले केन्द्रमार्फत मर्मत प्रक्रिया अघि बढाएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ