arrow

बन्धक ’कफिनभित्र’ फर्काइने हमासको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । हमासको सशस्त्र सेनाले इजरेलले सैन्य दबाब जारी राखेमा बन्धकहरू “कफिनभित्र“ फर्काइने र इजरेली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई “नयाँ निर्देशन“ दिइएको चेतावनी दिएको छ ।

पछिल्लो समयमा इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउदै आएको छ ।

यसै गरी प्रधानमन्त्री नेतान्याहुले हमासले शान्ति नचाहेकाले बन्दकरुहको हत्या गरेको दावी गर्दै आएका छन् । 

यही स्थिती कायम रहेमा बन्दकहरु कफिनभित्रै फर्किने इजेदिन अल–कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले विज्ञप्तिमार्फत जनाएका छन् । 

यस अघि छ जना बन्धकहरूलाई “मृत्युदण्ड“ दिएपछि सेना बन्दकहरु राखेको स्थानमा पुगेमा उनीहरूसँग गर्ने व्यवहारका सम्बन्धमा कैदीहरूको रक्षा गर्न तोकिएका सुरक्षाकर्मीलाई नयाँ निर्देशन जारी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ