arrow

सकियो माओवादी केन्द्रका तीन आयोगको परामर्श बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
maoist-meeting-81-5-19a.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सकिएको छ। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार र बुधबार चलेको बैठकमा पहिलो दिन आयोगका प्रमुख तथा सदस्य गरी ४० जनाले सुझाव राखेका थिए । बुधबार बिहानबाट शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गरेपछि बैठक सकिएको छ । 

आसन्न केन्द्रीय समितिको बैठकको तयारी स्वरुप आयोजना गरिएको कार्यक्रमअन्तर्गत यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठक सम्पन्न भइसकेको छ । 

अब प्रदेश नम्बर १ र मधेस प्रदेश तथा जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समितिको बैठक बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ । 

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ