arrow

प्राकृतिक विपदमा परी पाकिस्तानमा २९३ जनाको मृत्यु, ५६४ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
flood-pakistan-81-5-19.jpg

काठमाडौँ । नेशनल डिजास्टर म्यानेजमेन्ट अथोरिटीका अनुसार पाकिस्तानका केही भागहरूमा मनसुन सिजनको अविरल वर्षाले विगत दुई महिनामा दुई सय ९३ जनाको मृत्यु भएको छ । 

एजेन्सीका अनुसार अन्य ५ सय ६४ जना घाइते भएका छन् । भारी वर्षाले देशभर १९ हजार ५७२ घर, ३९ पुल र धेरै विद्यालयमा जुलाई १ देखि अगस्त ३१ सम्म आंशिक वा पूर्ण क्षति पुगेको एनडीएमएले जनाएको छ । 

अधिकांश क्षति र हताहत पूर्वी पञ्जाव प्रान्तमा भएको छ । जहाँ ११२ मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए । ३०२ जनाले मुसलधारे वर्षाका कारण घाइते भएका छन् । 

खैबर पख्तुनख्वा प्रान्तमँ ८८ जनाको मृत्यु र १२९ घाइते भएका छन् । एनडीएमएले आगामी दिनमा पाकिस्तानका केही भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ