arrow

खुशी लिएर फर्केकी पलेशाको भव्य स्वागत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
polica-ktm.jpg

काठमाडौँ । खुशी लिएर फर्केकी पलेशा गोवर्द्धनको भव्य स्वागत गरिएको छ । पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशालाई आज त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो । 

पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा कांस्य पदक जितेकी थिइन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो । 

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, राखेपकै बोर्ड सदस्य अञ्जना मास्के, तेक्वान्दोकी ओलम्पियन सँगिना वैद्य, पलेशाको आमाबुबा, विभिन्न खेलका राष्ट्रिय खेलाडी र हजारौँ खेलकर्मीले उनीहरूलाई स्वागत गरेका थिए । 

बाजागाजासहित त्रिभुवन विमानस्थलबाट पदक विजेता पलेशा, अर्का खेलाडी भरतसिंह महता र प्रशिक्षकलाई नगर परिक्रमा गराइँदै राखेपमा विशेष कार्यक्रममार्फत स्वागत र सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ