arrow

डेंगीबाट छ जनाको मृत्यु, ७५ जिल्लामा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
dengue--ji-ha.jpeg

पोखरा । चितवनमा थप एक जनाको डेंगीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२० चनौलिका ४१ वर्षीय पुरुष छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए । उनका अनुसार बिरामीमा कडा खालको डेङ्गी देखिएको थियो ।

शरीरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर-२ का ६३ वर्षीय वृद्धको डेंगीको सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेंगीको सङ्क्रमण देखिएको छ । तीन हजार तीन सय ३१ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको सङ्क्रमण देखिएको हो ।

सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्ला बाहिरका रहेका छन् ।

योसँगै डेंगीको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । जसमा तनहुँमा दुई, कास्कीमा एक र चितवनमा दुई जना रहेका छन् ।

देशभरका ७५ जिल्लामा डेंगी सङ्क्रमण फैलिएको छ । जसमा सबैभन्दा बढी संक्रमति तनहुँ र दोस्रोमा कास्की रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ