arrow

पलेशा भन्छिन् - आफूमाथिको विश्वास नै मेरो सफलताको आधार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
palesa-govardan.jpg

काठमाडौँ । नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्द्धनले आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठूलो हतियार रहेको बताएकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधवार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी छन् । 

अब गर्व पूर्वक हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्न सक्ने अवस्था रहेको बताइन् । आफूबाट देशले पदकको आशा गरेको उल्लेख गर्दै उनले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक सम्भव भएको बताएकी हुन् । 

पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा कांस्य पदक जितेकी थिइन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो । नेपालले ओलम्पिकमा पदक जित्न सक्दैन भन्ने अवस्थामा अब नरहने उनको भनाइ छ । पलेशाले यो पदक आफ्नो मात्र नभई देशकै पदक रहेको प्रतिक्रिया दिँदै गर्न अझै धेरै बाँकी रहेको बताएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ