arrow

प्रत्यारोपण केन्द्रमा भएको बेथितिविरुद्ध प्रदर्शन, कार्यकारी निर्देशक हटाउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
pratyaropan-kendra-andolan.jpg

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उद्देश्यविपरीत काम गरेको भन्दै स्थानीयबासी आन्दोलित भएका छन् । अस्पताल खोल्दा जुन किसिमको सुविधा दिने भनियो त्यो केही पनि नपाएको भन्दै स्थानीयबासी र कर्मचारीहरु आन्दोलित भएका हुन् । 

बुधबार प्रत्यारोपण केन्द्र अगाडि उनीहरुले अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको भन्दै आन्दोलन गरेका हुन् ।

भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर,गैर कानुनी तरिकाले बरखास्त चिकित्सकहरुलाई अविलम्ब पुनरबहाली गर,मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर,सबै प्रकारका अस्पताल भित्र हुने सामाजिक उत्पीडन बन्द गर ,कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको व्यानर बोकेर प्रदर्शन गरेका थिए ।

आन्दोलनमा सहभागी जनक शर्मा लामिछानेले सरकारले ४–५ वटा प्रत्यारोपणको अनुमति दिएको भएतापनि मृर्गौला सम्बन्धी बाहेक अरु सेवाबाट बञ्चीत हुनु परेको गुनासो गरे । सरकारबाट प्रत्यारोपणका लागि पाउने सेवा सुविधा अस्पतालले खर्च गरेको,उपकरण र जनशक्ति पनि उपलब्ध भएको तर सबै व्यस्था हुँदा पनि सेवा सञ्चालन भने नभएको हुँदा आन्दोलन गर्न बाध्य भएको बताए । 

उनले भने, ‘सरकारले ४–५ वटा प्रत्यारोपणको अनुमति दिएको रहेछ । जसमा मृर्गैला रोग,मुटु रोग,फोक्सो लगायतका महत्त्वपूर्ण प्रत्यारोपण गर्ने लगायत सम्पूर्ण उपचार गर्ने सुविधा दिएको छ । त्यसको लागि आवश्यक श्रोत र साधन उपलब्ध पनि रहेछ । तर अहिलेसम्म मृर्गौलाको मात्रै भएको अरु सबै सेवा सञ्चालन नभएको देखियो । सरकारबाट पाउने सेवा सुविधा खर्च भएको । उपकरण र जनशक्ति पनि उपलब्ध छन् तर सबै हुँदा पनि काम भएर त्यसैले सेवा सञ्चालन गर्न आवाज उठाउँन हामी बाध्य भयौँ ।’

६० वर्ष उमेरहद नाघिसक्दापनि मानव अंग प्रत्यारोपण विकास समिति(गठन)आदेश संशोधन गरी केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका डा.पुकारचन्द्र श्रेष्ठको कायैशैली र हठविरुद्ध स्थानीयले यसअघि पनि आन्दोलन गर्दै आएका थिए ।

कार्यकारी निर्देशकको ६० वर्ष उमेर हदलाई दोस्रो संशोधनमार्फत् संशोधन गर्दै चार वर्षका लागि नियुक्ति हुँदा उमेर हद नलाग्ने व्यवस्था गरिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुको वृत्तिविकासमा असर परेको भन्दै असन्तुष्टि पनि बढेको छ ।

विशेषगरी अस्पतालका विशेषज्ञ डाक्टरहरुको मनोबल गिरेको, बेथिति भित्रिएको र उपकरणहरु थन्क्याएर विरामीको उपचार प्रभावित भएको भन्दै स्थानीयले आन्दोलन समेत गर्दै आइरहेका छन् ।

६० वर्ष उमेरहद कटेका कार्यकारी निर्देशक श्रेष्ठविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । उमेर हद लम्ब्याउने गरी सरकारले गरेको गठन आदेश संशोधन गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो । पछिल्लो पटक तेस्रो कार्यकालका लागि डा श्रेष्ठ २०७८ असोज ६ मा मानवअंग प्रत्यारोपण केन्द्रको निर्देशकमा पुनः नियुक्त भएका थिए ।

तर नियुक्ति र उनका क्रियाकलाप एकाधिकारपूर्ण भएको भन्दै अस्पतालका कर्मचारी मात्र नभइ स्थानीयबासी समेत रुष्ट छन् । स्थानीयले पटक पटक आन्दोलन गर्दै आइरहेका छन् ।

डा श्रेष्ठलाई नियुक्त गर्नका लागि स्वास्थ्य सचिव डा रोशन पोखरेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको, श्रेष्ठ नियुक्त भएदेखि अस्पतालका उपकरण थन्क्याइएको, स्पष्टीकरणको मौका समेत नदिइ कर्मचारी निस्कासन गर्दासमेत स्वास्थ्य सचिव पोखरेल मौन बस्नुलाई स्थानीयले शंकाको दृष्टिले हेरेको बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ