arrow

सर्वाधिक विजेता मेस्सी र रोनाल्डो बिनाका यी हुन् बालोन डी’ओरको मनोनयनमा परेका ३० खेलाडीहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
balend'ore.jpg

काठमाडौँ । विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी’ओर २०२४ को मनोनयन सार्वजनिक गरिएको छ । फ्रान्स फुटबल फेडेरेसनले हरेक वर्ष दिने यो प्रतिष्ठित अवार्डका लागि यस वर्ष ३० जनाको मनोनयन सार्वजनिक गरेको हो । 

अब यी ३० जना मध्येबाट नै अक्टोबर २८ मा हुने एक समारोहमा एक जनालाई बालोन डी’ओर अवार्डले सम्मानित गरिने छ । मनोनयनमा परेका खेलाडीमा जुडे बेलिंघम (रियाल मड्रिड–इङ्गल्याण्ड), रुबेन डियाज (म्यानचेस्टर सिटी–पोर्चुगल), फिल फोडेन (म्यानचेस्टर सिटी–इङ्गल्याण्ड), फेडेरिको भाल्भेर्डे (रियाल मड्रिड– उरुग्वे), इमिलियानो मार्टिनेज (एस्टन भिल्ला–अर्जेन्टिना), इर्लिंग हालाण्ड (म्यानचेस्टर सिटी–नर्वे), निको विलियम्स (एथलेटिक क्लब–स्पेन), ग्रान्ट जाखा (बायर लिभरकुसेन– स्वीट्जरल्याण्ड), अर्टेम डोभबिक (एस रोमा–युक्रेन), टोनी क्रुज (रियाल मड्रिडर जर्मनी), भिनिसियस जुनियर (रियाल मड्रिड–ब्रजिल), डानी ओल्मो (बार्सिलोना–स्पेन), फ्लोरियान विर्त्ज (बायर लिभरकुसन–जर्मनी), मार्टिन ओडेगार्ड (आर्सनल–नर्वे), माट हुमेल्स (रोमा–जर्मनी), रोड्री (म्यानचेस्टर सिटी–स्पेन), ह्यारी केन (बायर्न म्युनिख–इङ्गल्याण्ड), डेकलान राइस (आर्सनल–इङ्गल्याण्ड), भिटिन्हा (पीएसजी–पोर्चुगल), कोल पार्मर (चेल्सी–इङ्गल्याण्ड), डानी कार्भाजल (रियाल मड्रिड– स्पेन), लामिन यमल (बार्सिलोना–स्पेन), बुकायो साका (आर्सनल–इङल्याण्ड), हाकान कलहानोग्लु (इन्टर मिलान–टर्किए), विलियम सालिबा (आर्सनल–फ्रान्स), केलियन एम्बाप्पे (रियाल मड्रिड– फ्रान्स), लाउतारो मार्टिनेज (इन्टर मिलान–अर्जेन्टिना), एडेमोला लुकम्यान (एटलान्टा–नाइजेरिया), एन्टोनियो रुडिगेर (रियाल मड्रिड–जर्मनी) र अलेजान्द्रो ग्रिमाल्डो (बायर लिभरकुसन–स्पेन) रहेका छन्  ।

बालोन डी’ओरको गत वर्षको अवार्ड जितेका अर्जेन्टिनाका लियोनेल मेस्सी भने यस वर्ष मनोनयनमा परेका छैनन् । त्यस्तै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो समेत यस मनोनयनमा रहेका छैनन् । 

अहिलेसम्म मेस्सीले सर्वाधिक ८ पटक र तथा रोनाल्डोले ५ पटक बालोन डी’ओर अवार्ड जितेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ