arrow

गाजामा हतियार तस्करीको इजरेलको दाबी इजिप्टद्वारा अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
middle-east-map.jpg

काठमाडौँ । इजिप्टले गाजापट्टीमा हतियार तस्करी गर्न इजिप्टको क्षेत्र प्रयोग भएको इजरेलको दाबीलाई अस्वीकार गरेको छ । इजिप्टले इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको बयानलाई पूर्ण रूपमा अस्वीकार गरेको हो । 

इजरेली जनताको ध्यान विचलित गर्न इजिप्टको नाम द्वन्द्वमा तान्न खोजेको आरोप इजिप्टले लगाएको छ । इजिप्टले इजरेली सरकारलाई यस्तो दाबी गर्ने परिणामको लागि जिम्मेवार ठहराएको छ । 

इजरेली सेनाले इजिप्ट–गाजा सीमामा रहेको १०० मिटर चौडा र १४ किलोमिटर लामो बफर जोन र रफाह क्रसिङको प्यालेस्टिनी पक्षलाई मे महिनामा नियन्त्रणमा लिएको थियो । 

युद्धविराम वार्ताका कैयौँ चरणहरूमा इजिप्टले बारम्बार इजरेली सेनालाई कोरिडोर र रफाह क्रसिङबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने मागलाई जोड दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ