arrow

बहसमा ट्रम्प र ह्यारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
trump-harris.jpg

काठमाडौँ । अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको प्रचार प्रसार तीव्र गतिमा जारी रहेको छ ।

यसैबीच रिपब्लिकनबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट उम्मेदवार रहेकी कमलादेवी ह्यारिसबीच टेलिभिजन बहस हुने भएको छ । यी दुईबीच सेप्टेम्बर १० मा बहस हुने भएको हो । 

यसअघि ट्रम्प र बाइडेनबीच पहिलो बहस गत जुन २७ मा भएको थियो । सो बहसमा बाइडेनको कमजोर प्रदर्शनपछि उनले उम्मेदवारी नै छोड्नु परेको थियो ।

यसैबीच ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी ह्यारिसलाई बिना कुनै अवरोध बोल्न दिने योजना बनाएको बताएका छन् । यो बहस पेन्सिलभेनिया राज्यको सबैभन्दा ठूलो सहर फिलाडेल्फियामा हुने भएको छ ।

उता ह्यारिसले पनि आफू ट्रम्पसँगको बहसका लागि तयार रहेको बताएकी छिन् । पछिल्ला पोलले ट्रम्पलाई ह्यारिसले उछिनेकी छन् ।
     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ