arrow

इज्मिर खाडीमा प्रदुषणले ठूलो वातावरणीय प्रकोप निम्त्याउने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
alzimer.jpg

काठमाडौँ । टर्किएका वातावरणमन्त्री मुरात कुरुमले बिहीवार पश्चिमी इज्मिर खाडीमा ठूलो पर्यावरणीय प्रकोप आउनसक्ने घोषणा गरेका छन् । 

हालैका हप्ताहरूमा ठूलो संख्यामा माछाको मृत्यु भएपछि दुर्गन्ध फैलिएसँगै मन्त्रीले सो घोषणा गरेका हुन् । 

प्रभावित क्षेत्रको भ्रमणको क्रममा कुरुमले भूमिमा आधारित प्रदुषणको कारणले गर्दा खाडीको पानीमा खतरनाक रूपमा कम अक्सिजनको स्तरलाई संकटको चेतावनी दिए । 

इज्मिर खाडीले जमिनबाट हुने प्रदुषणका कारण श्वासप्रश्वासमा समस्या आउने बताए । 

अक्सिजनको स्तर सामान्य रूपमा प्रतिलिटर ६ मिलिग्राम हुनुपर्छ । १.८ मिलिग्रामसम्म घटेको र कतिपय क्षेत्रमा शून्य पनि भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ