arrow

एमाले सत्तामा गएपछि पहिलो पटक प्रदेश सभा बैठक आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
gandaki-province-pradesh.jpg
फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेश सभाको यही भदौ २६ गतेका लागि बोलाइएको छ । गत असार २६ गतेदेखि स्थगित बैठक २६ गतेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत असार २६ गते बजेट पारित भएपछि बैठक स्थगित भएको थियो । सरकारमा एमाले सामेल भएपछि पहिलो पटक संसद बैठक आह्वान गरिएको हो ।

प्रदेशसभा बैठक नबस्दा प्रायः संसदीय समिति पनि निष्कृय छन् । प्रदेश सभामा हाल बिजनाषक विषादी व्यवस्थापन सम्बन्धमा बनेको विधेयक, साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक र प्राइभेट फर्म सम्बन्धमा बनेको विधेयक गरी तीन विधेयक छलफलमा छन् ।

जसमध्ये बिजनाषक विषादी व्यवस्थापन सम्बन्धमा बनेको विधेयक सामान्य छलफलपछि दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ