arrow

नागरिकको दैलोमा वडाका कर्मचारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
pokhara-13-kiran-baral.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ ले घुम्ती सेवा सुरु गरेको छ । अशक्त, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राही नागरिकलाई घरमै पुगेर सेवा दिन थालिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

वडासचिव, वडा सदस्यलगायतका कर्मचारी स्थानीयकै घरमा गएर सेवा दिन थालेका छन् । घरमै वडाको सेवा पाउँदा वडावासी खुसी भएको उनले बताए ।

योसँगै सामाजिक सुरक्षा भत्ताकै लागि वडा धाउनुपर्ने समस्याबाट वडावासीलाई मुक्ति मिलेको छ ।

वडा कार्यालयको गतिविधिले स्थानीयले सरकार घरमा नै आएको महसुस गरेका छन् ।

संघीयताको मर्मअनुसार सेवा प्रवाह गर्न पाउँदा वडाध्यक्ष बराल पनि खुसी छन् । नागरिकलाई सरल र सहज सेवामा उनको दैनिकी बित्न थालेको छ ।

भौतिक विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा समेत काम गर्दै आएको वडा कार्यालयले नागरिकमैत्री वातावरण बनाउँदै समस्याको समाधान गर्ने काम गर्दै आएको छ ।

“हामी नागरिकको सेवामा तल्लिन छौँ, नागरिकलाई कसरी हुन्छ सरल र सहज रुपमा सेवा प्रवाह गर्ने सोँच हाम्रो हो, आशा छ हामीले सुरु गरेको घुम्ती सेवा प्रभावकारी बन्नेछ”, वडाध्यक्ष बरालले भने ।

वडाले घुम्ती सेवालाई निरन्तरता दिने प्रतिबद्धता समेत उनको छ । पोखरा-१३ ले सामाजिक, सांस्कृतिक र धार्मिक पक्षलाई पनि सुदृढ बनाउँदै लगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ