arrow

गण्डकी र कास्कीमा सिडेनको उम्मेद्वारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
cden-gandaki.jpg

पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४औंँ केन्द्रीय कार्यकारिणी समिति निर्वाचन भदौ २८ गते हुँदैछ । यसका लागि विभिन्न पदमा उम्मेद्वारी घोषणा गरेका उम्मेद्वार मत माग्न देश दौडाहामा छन् ।

यस क्रममा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले गण्डकी र कास्कीमा समूहसहितको उम्मेद्वारी घोषणा गरेको छ । सिडेनले गण्डकी प्रदेशमा १४ बुँदे घोषणापत्रसहित ई. सन्तोष जिसीको नेतृत्वमा १५ सदस्यीय उम्मेद्वारी घोषणा गरेको छ ।

उपसभापतिमा विशाल थापा, सचिवमा निरोज लामिछाने, सहसचिवमा मञ्जु सिल्पकार, कोषाध्यक्षमा विश्वास आचार्यले उम्मेद्वारी घोषणा गरेका छन् ।

सदस्यमा मेहन्द्र पौडेल, सक्षम अधिकारी, सञ्जयराज तिमिल्सिेना, रोचक क्षेत्री, ध्रुव रेग्मी, निरोज घिमिरे, लालबहादुर खत्री, मनोज गिरी, रमेश भट्ट र सुमन शर्मा छन् । गण्डकी प्रदेश समितिका लागि एक हजार पाँच सय ५१ जनाले मतदान गर्नेछन् ।

यस्तै, कास्कीमा ई.सुवासचन्द्र बरालको नेतृत्वमना समूह घोषणा गरिएको छ । समूहबाट उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सह-कोषाध्यक्षमा कृष्णप्रसाद पोख्रेल छन् ।

यस्तै, सदस्यमा यमकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ अनिल पौडेल, सञ्जयकुमार साह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियंका गुप्ता र जयकिसुन रायले उम्मेद्वारी घोषणा छन् ।

सो अवसरमा ‘इन्जिनियरिङ समुदायको समुन्नतिः दशकको दृष्टिकोण’ भन्ने नारासहितको प्रतिवद्धता पत्र वितरण गरिएको थियो ।

सिडनेले संस्थाको सवलीकरण, क्षमता अभिवृद्धि तथा पेशागत सहयोग, हकहितको संरक्षण तथा पैरवी, एकता सहकार्य तथा गुणस्तर सहितको सामाजिक आदर्श निर्माण अभियानका लागि सिडेनले प्रतिवद्धता जनाएको छ । साथै सवलीकरण, सहयोग, सहकार्य र संरक्षणमा प्रतिवद्धता सिडेनले जनाएको छ ।

देशभर १८ हजार छ सय एक मददाता रहेको एसोसिएसनमा विगतमा सिडेनले नेतृत्व गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ