arrow

उद्योग वाणिज्य महासङ्घले पलेशालाई गर्‍यो सम्मान, भनिन्- अर्को ओलम्पिकमा पनि पदक ल्याउनेछु [भिडियो]

राष्ट्रको गौरव बढाउने खेलाडीहरूलाई निजी क्षेत्रले सहयोग र सम्मान गर्नुपर्छ- चन्द्र ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
palesha-govardan-fncci-min[1].jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गरेको छ । शुक्रबार पलेशालाई महासङ्घले तीन लाख नगदसहित सम्मान गरेको हो । महासङ्घले पलेशालाई तीन लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चिस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको छ । 


सम्मानपछि महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रको गौरव बढाउने खेलाडीहरूलाई निजी क्षेत्रले प्रोत्साहनस्वरुप सहयोग र सम्मान गर्नुपर्ने बताए । उनले पेरिस ओलम्पिककै इतिहासमा नेपाललाई पदक जिताउन सफल पलेशालाई अझ प्रेरणा र प्रोत्साहन दिनुपर्ने बताए । 

सम्मान ग्रहण गर्दै पलेशाले ओलम्पिकको पहिलो मेडल जित्न पाएकोमा खुशी लागेको बताइन् । उनले पदक जितेसँगै आफूले एउटा उद्देश्य पूरा गरेको महसुस गरेको बताइन् । सबैको साथ र सहयोग भए अर्को ओलम्पिकमा पनि पदक जित्ने बताइन् । उनले प्रयास गरे असम्भव केही नभएको बताइन् । पहिला नै राज्यले हेरेको भए आफूले गोल्ड मेडल नै जित्ने दाबीसमेत गरिन् । 

उनले भनिन्, ‘ओलम्पिकको पहिलो मेडल हो । यसमा म पनि धेरै खुशी छ । मैले मेरो एउटा उद्देश्य पूरा गरेको छु जस्तो लागेको छ । सबैको साथ र सहयोग भए अर्को ओलम्पिकमा पनि पदक ल्याउनेछु भन्ने आशावादी छु । प्रयास गर्दा केही असम्भव छैन । पहिला नै राज्यले हेरेको भए हामीले गोल्ड नै ल्याउने थियौँ होला । एउटा असम्भव कुरालाई सम्भव गरेर देखायौँ । अझ पनि भन्नेछु म प्रयास गर्नेछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ