arrow

पर्यटन क्षेत्रको विकासबाटै गण्डकीको समृद्धि : मन्त्री बस्याल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
mitralal-basyal.jpg

पर्वत । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटन क्षेत्रको विकासबाटै गण्डकी प्रदेशको समृद्धि हुने बताएका छन् ।

पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाटुलेचौरमा आयोजित तीज मेलालाई सम्बोधन गर्दै मन्त्री बस्यालले गण्डकी प्रदेशका सबैजसो जिल्ला आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताए ।

आकर्षक गन्तव्यका साथै कला र संस्कृतिमा यो प्रदेश अब्बल रहेको चर्चा गर्दै उनले बढीभन्दा बढी पर्यटकलाई भ्यिाउनका लागि सरकार लागिपरेको बताए ।

मन्त्री लम्सालले प्रसिद्ध रहेको बाटुलेचौर क्षेत्रको विकासका लागि योजनाको प्रस्ताव गर्न आग्रह गर्दै सबै मिलेर प्रदेशको विकास गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले धार्मिक, पौराणिक र ऐतिहासिक पहिचान बोकेको बाटुलेचौरको विकासका लागी सबै एकजुट भएर लाग्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ