arrow

इटालीसँग फ्रान्स स्तब्ध, इजरेलमाथि बेल्जियम हावी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
football-france-italy-24-9-.jpg

काठमाडौँ । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गतको खेलमा इटालीले फ्रान्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा इटालीले फ्रान्सलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

इटालीको जितमा फेडेरिको डिमार्को डेभिड फ्राटेसी र गियाकोमो रास्पाडोरीले एक एक गोल गरेका थिए । त्यसैगरी फ्रान्सका लागि ब्राडली बार्कोलाले एक गोल गरेका थिए ।

नेसन्स लिग अन्तर्गत अब फ्रान्सले अर्को खेल सेप्टेम्बर १० मा बेल्जियमसँग खेल्दै छ भने इटालीले सेप्टेम्बर १० मै इजरायलसँग खेल्ने छ ।

त्यस्तै गएरातिका खेलमा बेल्जियमले इजरेललाई ३–१ ले पराजित गरेको छ । बेल्जियमको जितमा केभिन डे ब्रुनेले २ तथा यूरी टाइलेमान्सले १ गोल गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ