arrow

रोड्रिगोको गोलमा ब्रजिल विजयी, उरुग्वे र पाराग्वे बराबरीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
uruguay-paraguay-2024-9-7.jpg

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनोट फुटबलमा ब्रजिलले इक्वेडरलाई पराजित गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा ब्रजिलले इक्वेडरलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

ब्रजिलको जितमा खेलको एक मात्र गोल ३० औँ मिनेटमा रोड्रिगोले गरेका थिए । 

अन्य दुई खेल भने बराबरीमा सकिएका छन् । उरुग्वेले पाराग्वेसँग गोलरहित बराबरी खेलेको छ । त्यस्तै पेरु र कोलम्बियाले १–१ गोलको बराबरी खेलेका छन् । 

यी खेलपछि सातौँ चरणको समाप्तिसम्म अर्जेन्टिना १८ अंकसहित शीर्ष स्थानमा छ । उरुग्वे १४ अंकबाट दोस्रो स्थानमा छ । कोलम्बिया १३ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

यो दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्रजिलको तेस्रो जित हो । ब्रजिलको १० अंकसहित चौथो स्थानमा रहेको छ । 

भेनेजुएला ९ अंकसहित पाँचौँ स्थानमा रहेको छ । इक्वेडर ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । पाराग्वे र बोलिभिया सातौँ र आठौँ स्थानमा रहेको छ । 

चिली ५ अंकसहित नवौँ तथा पेरु ३ अंकसहित दशौँ स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ