arrow

५० करोडभन्दा माथिको भ्रष्टाचारमा ठूला दलहरूका बीचमा राष्ट्रिय सहमति हुन्छ- घनश्याम भुसाल [भिडियो]

ठूला भ्रष्टाचारहरू एमाले, माओवादी, एस लगायतका दलहरूको संलग्नता बिना नहुने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
ghanashayam-bhushal-05-23.jpg

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले ४० करोड भन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको बताएका छन् । शनिवार एक कार्यक्रममा बोल्दै महासचिव भुसालले ४०-५० करोड रुपैयाँभन्दा माथिका कुनै पनि भ्रष्टाचारका मुद्दामा दलहरूका बीचमा राष्ट्रिय सहमति हुने बताएका हुन् । 

उनले ठूला भ्रष्टाचारहरू एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरूको संलग्नता बिना नहुने बताए । उनले ठूला दलहरूका बीचमा राष्ट्रिय सहमति गरेर भ्रष्टाचार हुने गरेको भन्दै राजनीति, पार्टी र मुलुक नै सकिराखेका बताए । उनले राजनीतिक दल र दलका नेता भ्रष्टाचारमुक्त भएपछि मात्रै समाजवादतिर जान सकिने बताए । उनले घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म कृषिमा आत्मनिर्भर हुन नसकिने बताए । 

उनले भनिन् – ‘... यसरी २५ वर्ष जतिमा जाँदा खेरी हामी मूलभूत रूपमा अलि समानतापूर्ण, अलि समानतापूर्ण अलि राष्ट्रिय जीवनमा । अहिलेको त राष्ट्रिय जीवन नै छैन भन्छु मैले । राष्ट्रिय जीवन नै बनेको छैन । हामी १०-१२ वर्षमा पुग्दा खेरी त्यस्तो राष्ट्रिय जीवन भएको मुलुकमा पुग्न सक्छौँ । त्यसपछि अरू ५० वर्ष जति मेरो जिन्दगीमा मैले देख्दिनँ । सामान्यतया अब यो समाजवादी भयो है भन्ने बेलासम्म मेरो जिन्दगीमा मैले चाहिँ देख्दिनँ । त्यसमा एउटा मात्रै समस्या छ, आजैदेखि १५ वर्षमा हुन्छ ? हुँदैन । त्यो काम गर्नका लागि गर्ने कर्ता चाहिन्छ । पात्र चाहिन्छ । त्यो पात्र भनेको राजनीतिक पार्टी हो । त्यस्तो राजनीतिक पार्टी जो दलाल पुँजीवादबाट मूलभूत रूपमा मुक्त छ । मूलभूत रूपले दलाल पुँजीवादबाट मुक्त भएको त्यस्तो नेता होस् । त्यस्तो पार्टी होस् । त्यस्तो पार्टी होस् जसले, घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म यो होला कुरा, कृषिमा आत्मनिर्भर पनि भइँदैन । कृषिमै पनि आत्मनिर्भर हुने हो भने त्यस्तो पार्टी निर्माण गर्नुपर्छ जहाँ भित्रबाट भ्रष्टहरू जन्मिँदैनन् । भ्रष्टहरू पालित, पोषित हुँदैनन् । तिनीहरू संरक्षित हुँदैनन् । नेता बन्दैनन् । तर दुर्भाग्य के छ भने अहिले हरेक जसो पार्टी, ठ्याक्कै थाहा छैन मलाई ४०-५० करोडभन्दा ठूला कुनै पनि भ्रष्टाचारका मुद्दाहरूमा राष्ट्रिय सहमति हुन्छ । त्यहाँ काँग्रेस पनि हुन्छ । माओवादी पनि हुन्छ । एमाले पनि हुन्छ । मेरै पार्टी पनि होला । त्यो नभईकन अगाडी बढ्दै बढ्दैन । ठूलाहरुका बीचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन् । राजनीति पनि सक्छन् । र मुलुक पनि सकिराखेका छन् । त्यसो गर्दा हामी यहाँबाट मुक्त भएपछि बल्ल समाजवादतिर जान सकिएला भन्ने लाग्छ मलाई । यो कुरा निराशापूर्ण पनि सुनिन सक्छ । तर जतिसुकै निराशापूर्ण भए पनि तथ्य यही हो भन्ने लाग्छ ।’

महासचिव भुसालले नेपालमा लोकप्रियतावादले समाजवादलाई बिगारेको बताए । उनले समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी ओलीले बिगारेको आरोप लगाउनु भयो । चुच्चे रेल र टावरहरूको कुरा गरेर प्रधानमन्त्री ओलीले समाजवादको भाष्य बिगारेको उनको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ