arrow
ADVERTISEMENT

खोलालाई बाटो दिन खोज्दा

उपत्यकाका खोला वरपरका स्थानीय आन्दोलित [फोटोफिचर]  

सर्वोच्च अदालतले नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ  ठाउँमा स्थानीय विरोधमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
kathmandu-valley-stream-sup.jpg

काठमाडौँ । सर्वोच्च अदालतले नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ  ठाउँमा स्थानीय विरोधमा उत्रिएका छन्। सर्वोच्च अदालतको आदेशसँगै काठमाडौँ महानगरले  थप  गरिएको २० मिटर मा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक  लगाएपछि यो मुद्दा थप चर्किएको छ  । 

यस्तै आज गोकर्णेश्वर नगरपालिकाका स्थानीयले मापदण्डको विरोध गर्दै जोरपाटीमा प्रदर्शन गरेका छन्। सर्वोच्चको फैसलालाई न्यायिक नभएको भन्दै उनीहरुले जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

२०८० पुस ३ गते सर्वोच्च अदालतले उपत्यकाको नदी तथा खोला किनारा क्षेत्रलाई प्रदूषण र विभिन्न  निर्माण कार्य निषेधित गर्न गरेको  फैसला र नदी सम्बन्धी मापदण्ड बारेको सर्वोच्चको पूर्णपाठले यतिबेला खोला किनारामा घर भएका स्थानीयहरु त्रसित भएका हुन् ।

उपत्यकाका नदी तथा खोला किनारा क्षेत्रमा निर्माण निषेधित  घोषणाको आदेश र काठमाडौँ महानगरपालिकाको  सूचनाले स्थानीयको निद्रा नै उडेको छ । सर्वोच्चको फैसलापछिको पूर्णपाठले काठमाडौँ उपत्यकाका नदी किनार आसपास अतिरिक्त २० मिटरलाई निर्माण निषेधित क्षेत्र घोषणा गरेको बताएको छ ।

उपत्यका भित्रका प्रमुख तथा सहायक नदी तथा खोलाहरू (बागमती, विष्णुमती, मनोहरा) लगायतका खोलाक्षेत्रमा पर्ने ४० मिटरसम्मको जग्गामा कुनै पनि संरचना निर्माण गर्न नपाइने हुँदा जग्गा मूल्यहीन हुने हुँदा स्थानीय जग्गा धनीहरु आक्रोशित भएका छन् ।

अहिले सडक र संसद यही कुरालाई लिएर तातिएको छ भने काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनले सार्वजनिक सूचना निकाल्न लगाएपछि भने महानगरको बैठकमासमेत चर्काचर्की परेको छ ।

यही विषयलाई लिएर नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटीले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

सरकारले २०६५ सालमा बागमती, विष्णुमती र मनोहरामा २० मिटर छाडेर मात्र संरचना बनाउन पाइने, उपत्यकाका अन्य नदी तथा खोलामा पनि मापदण्ड तय गरेकोमा अहिलेको सर्वोच्चको फैसलाले अब सबै नदी तथा खोला किनारमाथि २० मिटर छाडेर मात्र संरचना बनाउन पाइने र बनेका संरचना पनि मुआब्जा दिएर हटाउन सकिने भनेको छ, जसकारण उपत्यकाका मुख्य तथा साना खोलाकिनारका बासिन्दा आक्रोशित छन् ।

खोलालाई बाटो दिन खोज्दा अहिले भने संरचना बनाइसकेका स्थानीयलाई मर्का परेको छ । विविध कारणले पहिले नै खोला किनार भने साँघुरो हुँदै आएको छ । 

 

kathmandu-valley-stream-supreme (13).jpg
kathmandu-valley-stream-supreme (1).jpg
kathmandu-valley-stream-supreme (2).jpg
kathmandu-valley-stream-supreme (3).jpg
kathmandu-valley-stream-supreme (4).jpg
kathmandu-valley-stream-supreme (5).jpg
kathmandu-valley-stream-supreme (6).jpg
kathmandu-valley-stream-supreme (7).jpg
kathmandu-valley-stream-supreme (8).jpg
kathmandu-valley-stream-supreme (9).jpg
kathmandu-valley-stream-supreme (10).jpg
kathmandu-valley-stream-supreme (11).jpg
kathmandu-valley-stream-supreme (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ