arrow
ADVERTISEMENT

फेवातालको जलाधार क्षेत्र व्यवस्थापनमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
fewaal.jpg.jpeg
फाइल तस्बिर

पोखरा । पर्यटकीय राजधानी पोखराको फेवाताल र यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापन तथा संरक्षणका लागि पारस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापना गरिनुपर्नेमा जोड दिइएको छ ।

पोखरा महानगरपालिकाको समन्वयमा इनोभेटिभ भिजन प्रालिले योजना गरेको ‘फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापना’ विषयक कार्यशाला गोष्ठीका सहभागीले पर्यावरणको संरक्षण र वातावरणीय सन्तुलनले मात्र फेवातालको भविष्य दिगो बन्ने बताएका हुन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवातालको संरक्षण भविष्यको पुस्ताका लागि पनि महत्त्वपूर्ण हुने भन्दै यसतर्फ सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।

अनियन्त्रित मानवीय क्रियाकलापका कारण फेवाताल गेग्रानले भरिँदे गएको जनाउँदै उनले त्यस्ता गतिविधि रोक्न सरोकार भएका सबै पक्षबीच प्रभावकारी समन्वयको खाँचो औँल्याए ।

“माथिल्लो तटीय क्षेत्र र यसका जलाधार क्षेत्रबाट बगेर आउने गेग्रान तालमा थुप्रिँदै गएको छ”, प्रमुख आचार्यले भने, “गेग्रान रोक्न तालको माथिल्लो क्षेत्रमा मड ड्याम बनाउने महानगरको योजना छ ।”

फेवातालको लाभ तल्लो तटीय क्षेत्रका बासिन्दाले बढी लिएको उल्लेख गर्दै उनले तल्लो तटीय क्षेत्रले माथिल्लो तटीय क्षेत्रको समग्र वातावरण संरक्षण र जीविकोपाजर्नलगायत क्षेत्रमा योगदान गर्नुपर्ने बताए ।

उक्त कार्यशाला गोष्ठीमा पारिस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको औचित्यका विषयमा अध्ययन टोलीकातर्फबाट केशल खनाल र दिलबहादुर भट्टराईले प्रस्तुति राखेका थिए ।

संयन्त्र स्थापना भएमा पारस्थितिकीय प्रणालीको सन्तुलन कायम गर्न सकिने उनीहरूको भनाइ छ ।

वातावरणीय जोखिम विश्लेषणविना निर्माण गरिएको ग्रामीण सडक, परम्परागत कृषि प्रणाली, अव्यवस्थित विकास निर्माण, बढ्दो प्रदूषण, जलकुम्भीजस्ता मिचाहा प्रजातिको विकास आदि कारणले फेवाताल खुम्चिँदै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ