arrow

उपसभामुखको बचाउमा माओवादी, पौडेलले सोधे- मन्त्रीमाथि प्रश्न उठे राजीनामा दिन तयार हो ? [भिडियो]

सरकारका मन्त्रीमाथि भुटानी शरणार्थी, बालुवाटार जग्गा र गिरिबन्धु टि स्टेट प्रकरणमा प्रश्न उठ्यो राजीनामा दिन तयार हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
devendra-poudel-05-25.jpg

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले उपसभामुखमाथि महाभियोग लगाउनुले लोकतन्त्रको संरक्षण हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले उपसभामुखलाई हटाउने कुरा संसद्मा प्रवेश हुनु दुःखदायी भएको बताए । उनले सहमतिको आधारमा उपसभामुख बनेकी इन्दिरा रानालाई हटाउनुले लोकतन्त्र अगाडी बढ्न नसक्ने धारणा राखे । 

उनले यसरी हटाउने प्रवृत्तिले लोकतन्त्रको संरक्षण, विकास र सहकार्यको प्रणाली अगाडी बढ्न नसक्ने बताए । उनले प्रश्न उठ्नासाथ राजीनामा दिनुपर्ने भए मन्त्रीहरूबारे पनि धेरै प्रश्नहरू रहेको उल्लेख गरे । उनले सरकारका मन्त्रीमाथि भुटानी शरणार्थी, बालुवाटार जग्गा र गिरिबन्धु टि स्टेट प्रकरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन तयार हो भनि प्रश्न गरे । 

उनले भने – ‘एक जना महिला, जनजाति सहमतिको आधारमा आउनुभएको । सामाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो भनेको दुई तिहाइ सरकारले हटाउने कुरा सदनमा प्रवेश हुने कुरा निकै दुःखदायी छ । यसले लोकतन्त्र अगाडी बढ्न सक्दैन । यसले लोकतन्त्रको संरक्षण र विकास, सहकार्यको प्रणाली यो देशमा अगाडी बढ्न सक्दैन । त्यसो नगर्नको निम्ति हामी खबरदारी गर्न चाहन्छौँ । प्रश्न उठेर राजीनामा दिने हो भने दशौँ मन्त्रीका प्रश्न उठेका छन् अहिले । राजीनामा दिन तयार हुनुहुन्छ ? लाउडामा प्रश्न उठ्यो । वाइडबडीमा प्रश्न उठ्यो । भुटानी शरणार्थीमा प्रश्न उठ्यो । बालुवाटार जग्गा प्रकरणमा प्रश्न उठ्यो । गिरिबन्धु टि स्टेटमा प्रश्न उठ्यो । राजीनामा दिन तयार हुनुहुन्छ ? छानबिन होस् । एक जना सामाजिक सेवाबाट आएको उपसभामुखलाई चारै तिरबाट शक्तिको प्रयोग गर्ने ?’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ