arrow

बीपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता थियो- गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
gagan-thapa-05-25.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बीपीको लागि समाजवाद भनेको सबैभन्दा ठूलो कुरा नै व्यक्तिको स्वतन्त्रता भएको भन्दै स्वतन्त्रता नभइकन समानता सम्भव नरहने बीपीको सोच रहेको बताए। 

उनले समानताको पूर्वशर्त भनेको स्वतन्त्रता रहेको बताए । उनले स्वतन्त्रता र समानता एउटा सिक्काका दुई वटा पाटा जस्तो भएर बीपीको लागि रहेको बताए । उनले स्वतन्त्रतामा टेकेर समानताका लागि बीपीले प्रयत्न गर्नुभएको बताए । उनले बीपीले जहाँ प्रजातन्त्र छैन त्यहाँ स्वतन्त्रता छैन, जहाँ विधिको शासन छैन त्यहाँ स्वतन्त्रता छैन । जहाँ स्वतन्त्रता छैन त्यहाँ समानता भन्ने सिद्धान्त अघि सारेको स्मरण गरे । 

उनले भने, ‘बीपीको लागि समाजवाद भनेको सबैभन्दा ठूलो कुरा भनेको व्यक्तिको स्वतन्त्रता हो । वैयक्तिक स्वतन्त्रता हो । स्वतन्त्रता नभइकन समानता सम्भव छैन । समानताको पूर्वशर्त भनेको स्वतन्त्रता हो । एउटै मात्र मन्त्र भनेर नौजवानलाई भन्नुपर्‍यो भने, तिम्रो बीपीले के भन्नुहुन्थ्यो भन्यो भने एक लाइनमा भन्नुपर्दा म यही भन्छु । स्वतन्त्रता सबैभन्दा मुख्य तत्त्व हो । स्वतन्त्रता समानताको पूर्वशर्त हो । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक जुन समानताको कुरा गर्छौँ, त्यसको पूर्वशर्त भनेको स्वतन्त्रता हो । त्यो स्वतन्त्रता र समानता एउटा सिक्काका दुई वटा पाटा जस्तो भएर बीपीको लागि रह्यो । त्यो समानताका लागि बीपीले प्रयास र प्रयत्न गरे । तर स्वतन्त्रतामा टेकेर । जहाँ प्रजातन्त्र छैन त्यहाँ स्वतन्त्रता छैन, जहाँ विधिको शासन छैन त्यहाँ स्वतन्त्रता छैन । जहाँ स्वतन्त्रता छैन त्यहाँ समानता छैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ