arrow

बीपीका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी- देउवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
deuba-05-25.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोइरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताएका छन् । प्रजातान्त्रिक समाजवाद संसारकै उत्तम समाजवाद भएको जिकिर गरे । उनले बीपी कोइरालालाई सानो देशको ठूलो नेताका रूपमा चित्रण गरे । उनले बीपीलाई ज्ञान नभएको विषय नै नरहेको बताए । उनले बीपी धेरै विषयको ज्ञानी भए पनि समयानुसार केही कुराहरू परिवर्तन हुने बताए । 

उनले बीपीले त्यो बेलामा सबैले गाई पाल्नुपर्छ भन्नुभएको तर अहिले सबैलाई दूध खुवाउनुपर्छ भनेर डेरी कन्सेप्ट आएको बताए । उनले गाई सबैले पाल्नुपर्छ भन्दा पनि सबैले दूध पिउन पाउनुपर्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताए । बीपी कोइराला अलराउण्डर भएको समेत बताए । 

उनले भने, ‘बीपी कोइराला सानो देशको ठूलो नेता हो । उनलाई ज्ञान नभएको विषय नै थिएन । धेरै विषयको ज्ञानी हुनुहुन्थ्यो । कति कुराहरू समयअनुसार पनि चेन्ज हुन्छ । जस्तै उनले गाई पाल्ने कुरा गर्नुभएको थियो । आज गाई पाल्ने कुरा भन्दा पनि आज ठाउँ ठाउँमा बाटो पुग्ने, बिजुली, बत्ती पुगेको छ । आज गाई पाल्नु भन्दा पनि दूध सप्लाई गर्न डेरी सञ्चालन गर्ने हो । घरघरमा दूध बालबच्चाले पाउन् भनेको मतलब गाई पाल्नु भन्दा पनि बालबालिकालाई दूध खुवाउनु ठूलो कुरा हो । आज डेरी कन्सेप्ट ठूलो कुरा हो । समयमा धेरै कुरा चेन्ज हुन्छन् । बीपी कोइराला अलराउण्डर हो । साहित्यमा त्यत्तिकै उत्कृष्ट हुनुहुन्थ्यो । बीपी कोइरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुनु जरुरी छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ