arrow
ADVERTISEMENT

नयाँ विरोधी कानूनलाई लिएर छ सांसद पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
imran-khan-rally.jpg

काठमाडौँ । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका छ पाकिस्तानी सांसदसहित ३० जनाभन्दा धेरैलाई विरोध प्रदर्शनमा रोक लगाउने नयाँ कानूनअन्तर्गत मङ्गलबार हिरासतमा राखिएको छ । 

खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका हजारौँ समर्थक आइतबार राजधानी इस्लामाबादमा भेला भएको एक जुलुसमा अश्रु ग्यास प्रहार गरिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । 

पूर्वक्रिकेट खेलाडी खान गत वर्ष अगस्टमा धेरै आरोपमा जेल गएपछि पार्टीले व्यापक आलोचनाको सामना गर्नुपरेको छ । खानले ती आरोप राजनीतिबाट प्रेरित भएको र आफूलाई सत्ताबाट टाढा राख्न डिजाइन गरिएको बताएका छन् । 

सांसदहरू इस्लामाबादमा आतङ्कवादविरोधी अदालतमा प्रस्तुत भएको र एक न्यायाधीशले उनीहरूलाई आठ दिनका लागि हिरासतमा पठाएका छन् । अदालतमा एएफपीले प्राप्त गरेको आरोपपत्रअनुसार उनीहरूमाथि गत साता पारित शान्तिपूर्ण सभा र सार्वजनिक व्यवस्था ऐन, २०२४ को उल्लङ्घन गरेको आरोप लगाइएको छ । आरोपपत्रमा हिरासतमा पठाउने कूल ३४ जनाको नाम राखिएको थियो ।

आइतबारको जुलुसपछि ‘अधिकारीहरूमाथि आक्रमण’, ‘सशस्त्र दङ्गा’, र ‘गैरकानूनी सभा’ का बारेमा प्रहरी उजुरीको सामना गर्ने सांसदहरूसँग अदालतमा प्रस्तुत हुनुभएका पिटिआई नेता एवं वरिष्ठ वकिल मुहम्मद शोएब शाहिनलाई पनि हिरासतमा पठाइएको छ । 

“मलाई साँझ करिब साढे सात बजे मेरो कार्यालयबाट लगियो”, उनले भने, “यस्ता सानातिना अवरोधले हामीलाई रोक्न सक्तैन, हामी इमरान खानको सिपाही हौँ र उनसँगै उभिएका छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ