arrow
ADVERTISEMENT

विश्वकप छनोटमा अर्जेन्टिना र ब्रजिल निराश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
columbia-football-24-9-11.jpg

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गत कोलम्बियाले साविक विजेता अर्जेन्टिनालाई पराजित गरेको छ । बिहान सम्पन्न खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

कोलम्बियाको जितमा एर्सन मस्क्वेरा र जेम्स रोड्रीगेजले एक एक गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि एक गोल निकोलस गोन्जालेजले गरेका थिए । यो खेलमा पनि घाइते भएका कारण अर्जेन्टिनी कप्तान लियोनल मेस्सी खेलेका थिएनन् । 

यो जितपछि कोलम्बियाले ८ खेलमा ४ जित र ४ बराबरीसहित १६ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी अर्जेन्टिनाको भने विश्वकप छनोटमा यो दोस्रो हार हो । अर्जेन्टिना यो हारपछि पनि ८ खेलमा १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

अन्य खेलमा बोलिभियाले चिलीलाई २–१ ले, इक्वेडरले पेरुलाई १–० ले तथा पाराग्वेले ब्रजिललाई १–० ले हरायो । भेनेजुएला र उरुग्वेले १–१ गोलको बराबरी खेलेका छन् । 

अंक तालिकामा उरुग्वे १५ अंकसहित तेस्रो, इक्वेडर ११ अंकसहित चौथो, ब्रजिल १० अंकसहित पाँचौँ तथा भेनेजुएला समान १० अंकसहित छैटौँ स्थानमा छ । 

   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ