arrow
ADVERTISEMENT

चिनियाँ फुटबल मिलेमतोको क्यान्सरसँग जुध्दैः ४३ खेलाडीलाई आजीवन प्रतिबन्ध, १७ लाई पाँच वर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
china-football-24-9-11.jpg

काठमाडौँ । चीनले खेल मिलोमतो गरेको आरोपमा ४३ फुटबल खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । चिनियाँ फुटबल एसोसिएसनले दुई वर्षको छानबिनपछि ४३ फुटबल खेलाडी र पाँच क्लबका अधिकारीहरुलाई आजीवन प्रतिबन्ध लगाएको हो ।

अनुसन्धानले चीनमा १२० खेलमा फिक्सिङ भएको जनाएको छ । जसमा ४१ फुटबल क्लब संलग्न रहेको पाइएको छ ।

प्रतिबन्ध लाग्ने खेलाडीमा चीनको राष्ट्रिय टिमका पूर्व तीन खेलाडी सामेल छन् । जसमा जिन जिंगडाओ, गुओ टियान्यु र गु चाओ रहेका छन् भने दक्षिण कोरियाका सन् जुन हो पनि रहेका छन् । 

उनीहरुलाई आजीवन प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाली खेलाडी सन गत मार्चमा चीनमा १० महिनासम्म पक्राउ परेपछि दक्षिण कोरिया फर्किएका थिए ।

एसोसिएसनका अध्यक्ष संग काइले यस प्रकरणमा ४३ जनालाई आजीवन प्रतिबन्ध लगाइएको र अन्य १७ जनालाई पाँच वर्षको प्रतिबन्ध लागेको जानकारी दिएका छन् ।

यसअघि अगस्तमा पूर्व उपाध्यक्षलाई अनियमितताको आरोपमा ११ वर्षको जेल सजायमा पठाइएको थियो भने एसोसिएसनका पूर्व अध्यक्षलाई गत मार्चमा आजीवन काराबासमा पठाइएको थियो ।
    
       



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ