arrow

देशभरका पाँच हजार भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
mission-education-manav-dharma.jpg

काठमाडौँ । नेपाल मानव धर्म सेवा समितिले देशका विभिन्न स्थानमा पाँच हजार भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । 

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शुरु गरिएको अभियान अन्तर्गत समितिले देशका विभिन्न ४६ विद्यालयका आर्थिक विपन्नता भएका पाँच हजार ८० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । 

योसँगै समितिले 'ज्ञान विज्ञानसँगको मौलिकता, लक्ष्य हाम्रो शिक्षित बालबालिका' भन्ने मुलनाराका साथमा राष्ट्रव्यापी शिक्षा अभियान वितरण कार्यक्रम - २०८१ सम्पन्न गरेको छ।

शिक्षाको घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले बताइन् ।
 
शहरी क्षेत्रमा रहेका विद्यार्थीहरूबाट शैक्षिक सामग्री सङ्कलन गरी दुर्गम क्षेत्रमा रहेका बालबालिकाहरूलाई वितरण गरिएको समितिका केन्द्रीय सङ्गठन उप सचिव सन्तोष पराजुली बताए । 

उनका अनुसार शहरमा भएका बालबालिकाहरूले शैक्षिक सामग्रीको अभावमा पढाई छोड्नुपर्ने बाध्यता छैन । तर दुर्गम क्षेत्रका कतिपय बालबालिकाहरू शैक्षिक सामग्री अभावकै कारण पढाई छोड्न बाध्य छन् । चाहे अनुसार आफ्नो पढाइलाई अगाडि बढाउन सकिरहेका छैनन् । यही अभाव पूरा गर्न समितिले शैक्षिक सामग्री वितरण गरिरहेको हो । 

उनीहरूको पढाइलाई थोरै भए पनि सहयोग गर्नका साथै उनीहरूको पढाइमा सहयोगी हातहरूको कमी छैन भन्ने सन्देश दिन बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको पनि समिति‌ अन्तर्गत रहेको युवा सङ्गठनका राष्ट्रिय संयोजक राजीव पौडेलले बताए ।
 
समितिले सन् २०१४ देखि नियमित रूपमा विभिन्न अवसर पारेर बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ