arrow

तनहुँमा तीन सय २६ जना क्षयरोगीका बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
Damauli Hospital.jpg
फाइल तस्बिर

तनहुँ । तनहुँ जिल्लाका क्षयरोगका बिरामीलाई चिकित्सकको निगरानी (डट्स विधि) द्वारा औषधि सेवन गराइएको छ ।

दमौली अस्पतालका सिनियर अहेब अधिकृत दिनेश पण्डितका अनुसार एक सय २८ डट्स सेन्टरबाट क्षयरोगका बिरामीलाई निःशुल्क रुपमा उपलव्ध गराइएको छ ।

हाल जिल्लामा जिल्लामा तीन सय २६ जना क्षयरोगी छन् । उनले भने, “डट्स विधि प्रभावकारी रहेकालाई यसलाई निरन्तरता दिँदै आइएको छ ।

जिल्लाका १० वटै पालिकामा क्षयरोगका बिरामी भेटिएका छन् । बिरामीले आफूलाई पायक पर्ने नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गर्ने छन् ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार व्यासमा ९६, भानुमा ४२, म्याग्देमा १६, शुक्लागण्डकीमा २६, भिमादमा २६, घिरिङमा १६, ऋषिङमा ११ जना क्षयरोगी छन् ।

त्यस्तै देवघाटमा ३१, बन्दीपुरमा २६ र आँबुखैरेनी गाउँपालिकामा २२ जना क्षयरोगी छन् । उनका अनुसार गतवर्ष क्षयरोगबाट १४ जनाको मृत्यु भएको छ । ती मध्ये ६ महिला र आठ पुरुष छन् ।

क्षयरोगका बिरामीका लागि जिल्लाका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा औषधि वितरण भइरहेको छ ।

निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउँको दुख्ने, वाकवाक लाग्नेलगायतका लक्षण देखिए क्षयरोग लागेको हुन सक्ने चिकित्सक बताउँछन् ।

नियमित औषधि सेवन गरे क्षयरोगबाट बच्न सकिनेछ । सिनियर अहेब पण्डितले भने, “उक्त लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउनुपर्छ ।”

त्यसैगरी जिल्लामा दुईजना कुष्ठरोगका बिरामी छन् । तनहुँ जिल्ला कुष्ठरोग नियन्त्रणतर्फ उन्मुख रहेको सिनियर अहेब अधिकृत पण्डितले बताए ।

दुई जनामा नयाँ कुष्ठरोगी देखापरे पनि पुराना कुष्ठरोगी नरहेको अस्पतालको तथ्याङ्कले देखाएको छ ।

कुष्ठ रोगी समाजमा खुल्न नचाहने भएकोले उपचारमा समस्या हुने गरेको दमौली अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ