arrow
ADVERTISEMENT

नेपाल–भारत सम्बन्धका जानकार यचुरी रहेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
sitaram-yachuri-india.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । भारतीय मिडियाका अनुसार यचुरीको आज ७२ वर्षको उमेरमा निधन भएको हो ।

उनी अस्वस्थ्य भएपछि एम्स अस्पतालको आईसीयूमा भर्ना भएका थिए । उनले विद्यार्थी कालबाट नै राजनीति शुरु गरेका थिए । उनी भारतमा इमर्जेन्सी लागू गर्दा पटक पटक पक्राउसमेत परेका थिए ।

यचुरी नेपाल–भारत सम्बन्धका जानकारसमेत रहेका  थिए । उनी नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुका महाधिवेशनको क्रममा अतिथिको रुपमा नेपाल आएका थिए ।

यचुरी पछिल्लो ३२ वर्षदेखि सीपीएमको पोलिटब्यूरो सदस्य रहेका थिए । उनी २०१५ देखि पार्टीको महासचिव थिए भने २००५ देखि २०१७ सम्म भारतको राज्य सभा सदस्य समेत रहेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ