arrow
ADVERTISEMENT

एपीएफ र आर्मीको एन्फा लिगमा तेस्रो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
anfa-league-81-5-27.jpg

काठमाडौँ । विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी क्लबले एन्फा महिला फुटबल लिगमा सहज जित निकालेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार आर्मीले बागमती युथ क्लबलाई र एपीएफले वालिङ नगरपालिकालाई हराएको हो । पहिलो खेलमा आर्मीले बागमतीमाथि ३–० को जित निकाल्यो । 

अर्को विभागीय टोली एपीएफले दोस्रो खेलमा वालिङमाथि २–१ को सफलता प्राप्त गयोृ । यी जितसँगै आर्मी र एपीएफले शीर्ष पाँचको दाबेदारी बलियो बनाएको छ । 

बागतमीविरुद्ध जितपछि आर्मी दोस्रो स्थानमा उक्लिन सफल भएको थियो । तर केही घण्टापछि नै एपीएफ आर्मीलाई एक स्थान तल धकेल्न सफल भयो । एपीएफको जितमा रेनुका नगरकोटी र रश्मिकुमारी घिसिङले गोल गरिन् ।

वालिङका लागि सिसे एन्टोङगोले गोल गरे पनि पर्याप्त भएन । पहिलो हाफमा गरेको गोल नै एपीएफलाई तेस्रो जित दिलाउन पर्याप्त रह्यो । खेलको १२औँ मिनेटमै रेनुका नगरकोटीले गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाइन् । 

पेनाल्टी बक्सबाट सरु लिम्बूले दिएको ब्याक पासमा उनले करिब २० यार्डबाट टप कर्नर गोल गरिन् । एकपछि अर्को आक्रमण बुनेको एपीएफले ३८औं मिनेटमा सफलता पायो । 

रश्मिकुमारीले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् । यो गोलसँगै एपिएफ पहिलो हाफमा २–० ले अगाडि रह्यो र दोस्रो हाफमा वालिङले गोल फर्काए पनि हार भने टार्न सकेन ।

८० औं मिनेटमा सिसेले गोल गर्दै वालिङलाई खेलमा फर्काउने संकेत गरिन् । तर थप गोल हुन नसक्दा एपीएफले जित निकाल्यो । 

जितसँगै एपिएफले चार खेलबाट १० अंक जोडेको छ । समान अंक भए पनि नेपाल पुलिस क्लब गोलसंख्याका आधारमा शीर्ष स्थानमा छ । 

यता आर्मीको जारी लिगमा चौथो खेलबाट तेस्रो जित हो । बागमतीविरुद्ध आर्मीको जितमा बिमला चौधरी र अमिशा कार्कीले समान एक गोल गरेका थिए । 
आर्मीले एक गोल आत्मघाती उपहार स्वरूप पायो । 

आर्मीले खेलको २७ औं मिनेटमा बिमलाको गोलमार्फत अग्रता लिएको थियो । हिमा चौधरीले राइट साइडबाट दिएको क्रस नियन्त्रणमा लिँदै पेनाल्टी बक्समा अनमार्क विमलाले सुन्दर गोल गरेकी हुन् । 

यससँगै पहिलो हाफमा आर्मी १–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि आर्मीले दुई गोल थप्यो । आर्मीले ६२औँ मिनेटमा अग्रता दोब्बर बनायो । दीपा शाहीले दिएको लामो पासमा अमिसाले पाँच डिफेन्डरका बीचबाट गोल गरेकी हुन् । 

अन्तिम समयमा सन्जी थिङबाट आत्मघाती गोल हुँदा आर्मीले ३–० को सहज जित दर्ता गर्यो । यो जितसँगै ९ अंक जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ । 

लगातार तेस्रो खेलमा पराजित बागमती सामान खेलबाट तीन अंकका सातौँ स्थानमा छ । यसअघि संकटा क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको आर्मीले विभागीय प्रतिद्वन्द्वी एपीएफसँग हार बेहोरेको थियो । 

यसअघि सुदूरपश्चिमलाई हराएको बागमती कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ